नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले ३० नोभेम्बरको पूर्वान्ह ११ बजे भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट विकसित भारत सङ्कल्प यात्राका लाभार्थीहरूसित बातचित गर्नेछन्।
प्रधानमन्त्री कार्यालय अऩुसार यस अवधि प्रधानमन्त्रीले महिला किसान ड्रोन केन्द्रको शुभारम्भ पनि गर्नेछन्। यसले महिला स्वयं सहायता समूह (एसएचजी)-हरूलाई ड्रोन प्रदान गर्नेछ ताकि उनीहरूले यस तकनिकको प्रयोग आफ्नो आजीविका बढ़ाउनमा गर्न सकुन्। आगामी तीन वर्षभित्रमा महिला स्वयं सहायता समूहहरूलाई १५ हजार ड्रोन उपलब्ध गराइनेछ।
कार्यक्रम अवधि प्रधानमन्त्रीले एम्स, देवघरमा ऐतिहासिक १० हजार जन औषधि केन्द्रहरूलाई देशप्रति समर्पित गर्नेछन्। यस अतिरिक्त प्रधानमन्त्रीले देशमा जन औषधि केन्द्रहरूको संख्या १० हजारदेखि बढ़ाएर २५ हजार बनाउने कार्यक्रमको शुरूआत पनि गर्नेछन्।
उल्लेखनीय छ, महिला एसएचजीलाई ड्रोन उपलब्ध गराउने तथा जन औषधि केन्द्रहरूको संख्या १० हजारदेखि बढ़ाएर २५ हजार बनाउने जस्ता दुवै पहलहरूको घोषणा प्रधानमन्त्रीले यसै वर्षको आरम्भमा स्वतन्त्रता दिवसको भाषण अवधि गरेका थिए।









