गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असममा अहिलेसम्म चार लाख १३ हजार ४ सय छात्र-छात्राहरूलाई आनन्दराम बरूवा पुरस्कार प्रदान गरिएको बताएका छन्। उनले भने, सन् २००५ मा यो पुरस्कार यसैले शुरू गरिएको थियो ताकि छात्रहरूलाई आनन्दराम बरूवा जस्ता हस्तीबारे जानकारी होस् र उनबाट प्रेरणा लिएर हाम्रा छात्रहरू अघि बढ्न सकुन्।
अन्य कुनैपनि योजना यति लामो समयसम्म चल्न सक्दैन। समयको साथ त्यसको प्रासंगिकता समाप्त हुन्छ या फेरि त्यसमा केही नयाँपन आउँछ। तर आनन्दराम बरूवा पुरस्कार योजना २००५ देखि आजसम्म लगातार चलिरहेछ। यस अन्तर्गत ७५ प्रतिशत अंकको साथ मेट्रिक परीक्षा पास गर्ने छात्रहरूलाई १५ हजार रूपियाँको पुरस्कार ल्यापटप आदि किन्नको निम्ति दिइन्छ भनि मुख्यमन्त्रीले जानाए।
मुख्यमन्त्रीले आज राजधानीको प़ञ्जाबारी स्थित श्रीमन्त शंकरदेव कला क्षेत्रमा आयोजित आनन्दराम बरूवा पुरस्कार वितरण समारोहलाई सम्बोधित गरिरहेका थिए। यस अवधि मुख्यमन्त्रीले प्रधानमन्त्रीश्री स्कूल योजनाबारे पनि चर्चा गरे।
उनले भऩे, आउने समयको हिसाबले स्कूलहरूलाई विकसित गर्नु प्रधानमन्त्रीश्री योजनाको उद्देश्य हो। यसको माध्यमले स्कूलहरूलाई नयाँ पीढ़ीको नयाँ सोच र नयाँ तकनीकी अनुरूप विकसित गरिनेछ। कक्षामा शिक्षकद्वारा ब्ल्याक बोर्ड समक्ष खड़ा भएर ४५ मिनट सम्झाउनको साटो छात्रहरूको साथ विचारहरूको आदान-प्रदानलाई अधिक बल दिइनेछ ताकि छात्रहरूले शिक्षा र विषयहरूको महत्वबारे पत्तो लागोस्। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले यस योजनामा विस्तार पूर्वक प्रकाश पारे।









