तृणमूल युवा कङ्ग्रेसद्वारा शहीद दिवस पालन औ ऱ्याली

IMG-20220721-WA0177.jpg

कालचिनी: विभिन्न कारणहरुले शहीद दिवस मनाउन कलकत्ता जान नपाएता पनि आज कालचिनी खण्डको विभिन्न ठाउँहरुमा तृणमूल नेता औ समर्थकहरु द्वारा शहीद वेदी औ पार्टी कार्यालयहरुमा शहीद दिवस पालन गरिएको थियो। आज यस क्रममा कालचिनी पोस्ट अफिस परिसरबाट कालचिनी थाना मोड़ कारगिल चौकसम्म तृणमूल युवा कङ्ग्रेसको आयोजनामा शहीदहरुको सम्मानमा एउटा ऱ्याली निकालिएको थियो।
उक्त ऱ्यालीमा वरिष्ठ तृणमूल नेता तथा अलिपुरद्वार जिल्ला परिषदको बन औ भूमि कर्माध्याक्ष गणेश महली लगायत युवा नेता पवन योल्मो, अञ्चल महिला चेयरम्यान लक्ष्मी माझी, कालचिनी पञ्चायत समितिको सदस्य प्रेम लामा, नेपाल बर्मन, छात्रा नेता मनीष कुजूर, आजाज अन्सारी आदिको उपस्थिति औ तृणमूल समर्थकहरुको सहभागिता रहेको थियो।
ऱ्याली सफलरुपमा सम्पन्न भएको बताउँदै वरिष्ठ तृणमूल नेता गणेश महलीले कतिपय विभागीय परिस्थितिले गर्दा कलकत्ता जान नसकेता पनि यसपाली आफ्नै क्षेत्रमा शहीद दिवस पालन गरिएको बताए। यसै क्रममा आज हेमिल्टनगञ्ज बस स्ट्यान्ड नजीक तृणमूल छात्रा परिषदको आयोजनामा १३ जना शहीदहरुको स्मृतिमा निर्मित शहीद वेदीमा श्रद्धाञ्जली अर्पण साथै जननेतृ ममता ब्यानर्जीको लाइभ प्रसारण एलसीडीमा देखाईएको थियो।
उक्त अवसरमा तृणमूल प्राथमिक शिक्षक समिति कालचिनी ब्लक सभापति जयदेव राय लगायत छात्रा नेता सायन घोष एवम् अन्यान्य नेतृत्वहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement