एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप ३० नवम्बरदेखि

Screenshot_20231129_174345_Dailyhunt.jpg

काठमाडौं: नेपाल तेक्वान्दो संघको आयोजनामा यही ३० नवम्बरदेखि दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ। संघले बुधबार विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप ३० नवम्बरदेखि २ दिसम्बरसम्म हुने जानकारी गराएको हो।संघले गत वर्ष पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको र दोस्रो संस्करणमा पनि खेलाडीहरुको उल्लेख्य सहभागिता हुने जनाएको छ। प्रतियोगितामा पुम्से र ग्यरोगी गरी कूल ७२ स्वर्ण पदकका लागि जम्मा ६५० जना खेलाडीहरुले यस प्रतियोगितामा सहभागिता जनाउने तेक्वान्दो संघले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र सफल रुपमा आयोजना गर्न संघका उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ।
प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपालभरिका खेलाडीहरुको सहभागिता हुनेछ।प्रतियोगितामा चिल्ड्रेन एण्ड क्याडेट डिभिजन (१४ वर्ष मुनि), जुनियर डिभिजन (१४-१७ वर्ष) र सिनियर डिभिजन (१८ वर्षमाथि) गरी तीन फरक विधामा खेलाइनेछ।क्याडेटमा महिलातर्फ ५ र पुरुषतर्फ ५ गरी १०, जुनियरमा महिलातर्फ ८ र पुरुषतर्फ ८ गरी कूल १६, तथा सिनियरतर्फ पनि महिलामा ८ र पुरुषमा ८ गरी १६ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।संघले धेरै प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता गराउने र सबैलाई अवसर प्रदान गर्दै खेलाडीहरुहरुको प्रतिभा प्रष्फुटन र अनुभव वृद्धि गर्नका लागि यस प्रकारका प्रतियोगिताहरुको नियमित रुपमा आयोजना गर्दै आएको र यसबाट भविष्यका लागि राष्ट्रिय खेलाडीहरुको उत्पादन र पहिचानमा टेवा पुग्ने विश्वास संघको छ। संघले यस प्रतियोगिताबाट खेलाडीहरुको राष्ट्रिय वरियता क्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गर्ने भएको छ। प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनस्थित सञ्चालन हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *