सोनादा क्षेत्रलाई पनि अलग्गै खण्ड विकास बनाउने प्रस्तावको पञ्चायत समिति सदस्य सुमन तामाङद्वारा अनित थापालाई धन्यवाद

IMG-20231129-WA0145.jpg

सोनादा: जीटीए क्षेत्रको ९ वटा खण्ड विकासहरूलाई १२ वटा बनाउने प्रस्तावहरूसितै सुखे पोखरी खण्डलाई विभक्त गरेर सोनादा क्षेत्रलाई पनि अलग्गै खण्ड विकास बनाउने प्रस्तावको लोवर सोनादा ग्राम पञ्चायत एकको पञ्चायत समिति सदस्य सुमन तामाङले स्वागत जनाउँदै जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्। उक्त विषयमा एक भिडियो जारी गर्दै सुमन तामाङले सोनादा क्षेत्रलाई लिएर अलग्गै खण्ड विकास बनाउने कुरा सोनादा क्षेत्रको लागि अन्यन्तै खुशी कुरा हो। किनभने अलग्गै खण्ड विकास बनाउनु पर्ने भन्दै सोनादा क्षेत्रका जनता साथै यहाँको विभिन्न संघ संस्थाहरूले मांग गर्दै आएको थियो। तर सरकारसम्म पुगेको थिएन। अहिले आएर जीटीए प्रमुख अनित थापाको अगुवाईमा सरकार समक्ष पुगेको छ र यसको लागि लोवर सोनादा ग्राम पञ्चायत एकको निर्वाचित पञ्चायत समिति सदस्यको नातामा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिन चाहान्छु भनी बताएका छन्। उनले यो राम्रो कुराको लागि सोनादा सम्पूर्ण सोनादावासीले राजनीतिदेखि माथि उठेर सबैले यसलाई ठूलो उपलब्धि मान्नु पर्ने बताएका छन्। उनले सुखे पोखरी खण्ड विकास कार्यालय पुग्नलाई सोनादाको तल तल गाउँरूबाट मानिसहरू छवटा जति गाड़ीहरू फेरेर जानु बाध्यता थियो। तर अब सोनादा क्षेत्रलाई अलग्गै खण्ड विकास बनाएको खण्डमा सोनादा क्षेत्रको लागि एकदमै राम्रो हुने अनि जीटीए चिफ् अनित थापाले दिएको वचन पूरा गरेको साथै काम गराई एकदमै छिट्टो रहेको भन्दै सोनादाको पक्षबाट जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्। पञ्चायत समिति सदस्य सुमन तामाङले यसको साथै सन् १८९८ सालमा स्थापित शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको भवन निर्माण कार्य शुरु भएकोमा पनि अनित थापाप्रति आभार प्रकट गरेका छन्। यस विषयमा बोल्दै उनले भने, यसपाली १२५ औं स्थापना दिवसमा जीटीए प्रमुख स्कूलमा आएर सन् १९६५ सालमा बनिएको जीर्णावस्थामा रहेको स्कूल बिल्डिङ्ग बनाईदिने घोषणा गरे वापत् अस्तीको दिनदेखि स्कूल भवन निर्माणको कार्यको प्रोसेस शुरु भएको छ। यसको लागि पनि उनले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement