दार्जिलिङ: आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले चिया उत्पादनलाई सहज र प्रभावकारी बनाउन र चिया कम्पनीहरूलाई उचित मार्गदर्शन प्रदान गर्न विधान सभास्थित श्रम विभागको मन्त्रीको कक्षमा अपराह्नस समय मन्त्रीसमूह (जीओएम) को महत्त्वपूर्ण बैठकमा भाग लिएका छन्।

यस सभामा एमआईसीश साथै जीओएम अध्यक्ष मोलय घटक, एमआईसी सोवनदेब चट्टोपाध्याय, एमआईसी शशी पंजा, एमआईसी रथिन घोष, मंत्री बुलु चिक बरैक, सांसद प्रकाश चिक बरैक अनि श्रम विभाग, उद्योग, वाणिज्य तथा उद्यम विभाग, कृषि विभागका मुख्य सचिवहरु र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। जीटीए प्रमुख कार्यपाल अनित थापा १७ नोभेम्बर २०२३ मा पुनर्गठित मन्त्री मण्डलका स्थायी आमन्त्रित सदस्य पनि हुन्।









