२१ जुलाईः भारत र वेष्ट इण्डिजबीच शुक्रवारदेखि शुरु हुने तीनवटा म्याचको वनडे सीरीजअघि भारतीय टीमलाई ठूलो झट्का लाग्यो। भारतीय टीमका स्टार ओपनर केएल राहुललाई कोरोना पोजिटिभ पाइएको छ। राहुललाई वेष्ट इण्डिज विरुद्ध खेलिने पाँचवटा टी२० अन्तर्राष्ट्रिय म्याचको सीरीजको निम्ति भारतीय टीममा सामेल गरिएको थियो तर कोरोना पोजिटिभ भएपछि उनले टीम इण्डियामा फर्किन अझ केही समय प्रतीक्षा गर्नु पर्ने छनक देखिएको छ। केएल राहुल कोरोना पोजिटिभ भएको जानकारी बीसीसीआई अध्यक्ष सौरभ गांगुली स्वयंले दिएका छन्। उल्लेखनीय छ, आईपीएलको अवधि चोट लागेपछि राहुल भारतीय टीमबाट बाहिर रहेका छन्। उनले यसअघि भारतीय टीमसँग आयरल्याण्ड र ईंग्ल्याण्ड यात्रा गर्न सकेनन्।