अन्य राज्यहरूका डाक्टरले बंगालमा चिकित्सा गर्न नपाउने

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पश्चिम बंगाल सरकारले अन्य राज्यहरूको पञ्जीकरण नम्बर भएका डाक्टरहरू विरूद्ध कठोर प्रतिबन्ध लगाउने फसेला गरेको छ। यस्ता डाक्टरहरू विरूद्ध राज्यको स्वास्थ्य बीमा योजना, स्वास्थ्य साथी अन्तर्गत पर्ने रोगीहरूको उपचार गर्न नसक्ने प्रतिबन्ध छ जबसम्म उनीहरूले आफ्नो नाम पश्चिम बंगाल मेडिकल काउन्सिलमा नामांकित गर्दैनन्। राज्य स्वास्थ्य विभागद्वारा पूरा पश्चिम बंगालका अस्पतालहरूलाई यस्ता कुनैपनि डाक्टरको नियुक्ति नगर्न सचेत गरिएको छ।

विभागको सूत्रहरू अनुसार, यी डाक्टरहरूलाई राज्यमा प्रेक्टिस शुरू गरेको छह महिनाभित्र पश्चिम बंगाल मेडिकल काउन्सिलमा नामांकन गराउनु अनिवार्य छ। यस बाहेक पश्चिम बंगालमा प्रेक्टिस गर्ने सबै चिकित्सकहरूले आफ्नो प्यान र आधार विवरण प्रदान गरी स्वास्थ्य साथी पोर्टलमा आफ्नो नाम सूचीबद्ध गराउनपर्नेछ।

विभागका अधिकारीले भने, यसबाट राज्यलाई अन्य राज्यहरूको पञ्जीकरण संख्या भएका ती डाक्टरहरूको पहिचान गर्नमा मद्दत मिल्नेछ, जो राज्य चिकित्सा परिषदमा नामांकित नभई यहाँ प्रेक्टिस गरिरहेका छन्। स्वास्थ्य साथी योजना अन्तर्गत कवर गरिएका केही रोगीहरूको बिलहरूमा जटिलताहरू आएपछि यस सम्बन्धमा निर्णय लिइएको थियो। प्रायः यस्ता डाक्टरहरूको विवरण ट्रेक गर्नु कठिन हुन्छ र यसैले उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय लिइयो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement