प्रधानमन्त्री मोदी र शाहका निकटवर्ती सुनील ओझाको निधन

nat

अहमदाबादः गुजरातको भावनगर दक्षिणबाट भाजपाका पूर्व विधायक सुनील ओझाको बुधवार दिल्लीमा हृदयाघातको कारणले निधन भयो। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहका निकटवर्ती ओझाले विगत केही दिनदेखिको बिहारमा सङ्गठनका सहप्रभारीका रूपमा काम गरिरहेका थिए। उनी धेरै वर्षसम्म उत्तर प्रदेशका प्रभारी पनि रहे।

भनिन्छ, उनको पार्थिव शरीरलाई वाराणसी लगिनेछ। त्यहाँ ३० नोभेम्बरको पूर्वान्ह ११ बजे उनको अन्तिम संस्कार गरिनेछ। सङ्गठनमा महत्वपूर्ण स्थान राख्ने ओझालाई आगामी लोकसभा चुनाउलाई ध्यानमा राखेर बिहारको रणनीतिकोलागि सङ्गठनको जिम्मेवारी सुम्पिइएको थियो। ओझा मूल रूपले भावनगर जिल्लाका वासिन्दा हुन्। ब्राह्मण समाजबाट आएका ओझा धरातलसित जोड़िएका नेता थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement