सिटोङ्ग युनाइटेड होमस्टे वेलफेयर सोसाइटीको सभा सम्पन्न

7051483c-cabb-4583-8e3e-3c9856b68f92


सिटोङ्गः युनाइटेड होमस्टे वेलफेयर सोसाइटीको एक महत्वपूर्ण सभा आज सिटोङ् (१) पुजन होमस्टेमा सम्पन्न भयो बिक्रम राईको सभापतित्वमा सम्पन्न भएको सभामा उपस्थित सदस्यहरूको लामो चर्चा परिचर्चा पछि अस्थायी कमिटीलाई नै स्थायीरूपमा प्रस्ताव लिँदै नयाँ कमिटीको बिस्तार गरियो। चालिसवटा होमस्टे सन्चालकहरूको उपस्थितिमा बसेको सभामा भविष्यमा एकजुट भएर काम गर्ने कसैलाई परेको घडी सवैजना एकसाथ खडा हुनको साथै क्षेत्रको निम्ति बिभिन्न तहमा गएर काम गर्ने उपस्थित सदस्यहरूले आजको सभामा सङ्कल्प गरे साथै यस कमिटीलाई आगामी दिनहरूमा अझ बिस्तार गर्दे लैजानको साथसाथै तिनैवटा ग्राम पञ्चायत क्षेत्रहरूमा वेलफेयरको काम गर्नेछ साथै यसबर्षदेखि शुरूहुने अरेन्ज फेस्टिभल सफल तुल्याउनको निम्ति कमिटीले आफ्नो ब्यानरमा भरपुर सहयोग गर्नुको साथै पर्यटकहरूलाई लिएर नि:शुल्क भोजन र सुन्तलाको आदन-प्रदान गरिनको साथै उपस्थित अतिथिहरूलाई सबै होमस्टेको परिचयहरू गराइने पनि सभामा प्रस्ताव लिइयो।

कमिटीको आफ्नै वेबसाइट, फेसबुक,सोशियल मिडियामा आजदेखि नै काम गर्ने कमिटिले प्रशान्त छेत्रीलाई जिम्मेवारी दिँदै कमिटी सदस्यहरूको होमस्टेमा भएको विविध समस्याहरूलाई लिएर बिभिन्न बिभाग र ठाउँहरूमा गएर काम गर्नको साथै सङ्गठनभित्रको सदस्य/सदस्यहरूलाई परेको कुनैपनि कामको निमित्त एकबद्घ भएर आगामी दिनहरूमा कार्य गरेर लैजानै इत्यादि आजको सभामा निर्णय लिएको जानकारी कमिटी कै साङ्गठनिक सचिव आनन्द मुखिया र फ्रान्सिस लेप्चाले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement