चोरीको आरोपमा दुइजना पक्राउ

IMG-20231129-WA0133.jpg

सिलगढी: नयाँ जलपाईगुडी थानाको पुलिस सिलगढीको अशोकनगर इलाकामा रहेका प्रमोद गुप्ता नामका व्यक्तिको घरमा भएको चोरीको अनुसन्धान गर्दै हिजो फुलबारी क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सजल गुप्ता र तारिख अन्सारी रहेका छन्। नोभेम्बर २०मा छठ पूजाको रात घर खाली हुँदा चोरीको घटना भएको हो। घटनाको अनुसन्धानपछि दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवैलाई बुधबार जलपाईगुडी अदालतमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement