मादक पदार्थ सहित वाहन जफत

mirik-1.jpg

मिरिक: भारतबाट नेपालतर्फ अवैध रूपमा लगिरहेको सिक्किममा निर्मित ३६० बोतल मादक पदार्थ (ब्रान्डी) सहित एउटा मारूती वाहनलाई जफत गर्नका साथै दुईजना तस्करलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार भारत नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बलको आठौ बटालियनको आउट पोस्ट सीमा चौकी छब्बिसेले मंगलबार गोप्य सूचनाको आधरमा मादक पेय पदार्थ नेपाल लगिरहेको समय दुई जना तस्करलाई एउटा वाहन (डब्ल्यु बि ७४ ए एक्स १८४२) सहित पक्राउ गरेको छ। यसपछि पक्रा परेका तस्करहरूलाई वाहन साथै मादक पदार्थसहित सुके पोखरी थानामा अघिल्लो कार्वाहीको निम्ति पठाइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement