काेलकाता: केन्द्रिय गृहमन्त्री अमित शाह आज बुधवार कोलकाताको धर्मतल्लामा भाजपाको एक ठूलो जनसभालाई सम्बोधित गर्न गइरहेका छन्। यसको निम्ति भाजपाले पूरा शहरमा ठूलो-ठूलो ब्यानर र पोस्टर लगाएर शाहको स्वागत गरेको छ।
अर्कोतिर, सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले पनि पोस्टर लगाएको छ, जसमा अमित शाहमाथि कटाक्ष गरिएको छ। पार्टीको आईटी सेल र सोशल मीडिया सेलको तर्फबाट लगाइएको ब्यानर पोस्टरमा लेखिएको छ, मोटा भाई, भोट छैन। खासगरी एयरपोर्टदेखि धर्मतल्लासम्म जहाँ-जहाँ केन्द्रिय गृहमन्त्रीको लश्कर जानेछ, यही क्षेत्रहरूमा तृणमूल कांग्रेसको यो ब्यानर लागेको छ, जसले मानिसहरूको ध्यान आफूतिर आकर्षित गरेको छ।









