रेल आउनुअघि नै धेरै सवारी साधन रेल गेटमा अड्किए

IMG-20231129-WA0101.jpg

जलपाईगुडी: धेरै चारपाङ्ग्रे गाडीहरूसितै ट्याक्टर पनि रेलवे गेटभित्र फसेका सनसनीपूर्ण घटना जलपाईगुडी सहरको गुमती नम्बर १ क्षेत्रमा भएको हो। त्यतिबेला रेल त्यो लेभल क्रसिङमा आइपुग्दै थियो। तर, गेटम्यानको सक्रियताका कारण चालक ठूलो दुर्घटनाबाट जोगिएका थिए। गुम्ती रेल क्रसिङ नम्बर एकको रेल गेट बन्द हुँदा केही व्यक्तिको लापरवाहीका कारण ठूला–ठूला कार र मोटरसाइकल भित्र पसेका थिए। यसैबीच ट्रेन आइपुग्ने समय भइसकेको थियो। उनीहरुलाई बाहिर निकाल्न गेट खोलिएको थियो। अन्ततः ती कार चालकहरू बचाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement