खुसी शोकमा परिणत, कान्छो भाइको बिहेको जन्तीअघि जेठो दाजुले पेट्रोल छर्केर आत्महत्या

IMG-20230528-WA0320-5-300x172-9

सिलगढी: कान्छो भाइको बिहेका लागि घरमा जन्ती निस्किने भएको थियो तर त्यसअघि नै जेठो दाजुले आफैंमा पेट्रोल छर्केर आत्महत्या गरेका थिए। यो सनसनीपूर्ण घटना सिलगढीको वार्ड नम्बर ४१ अन्तर्गतको ज्योति नगर क्षेत्रको‌ हो।
वार्ड नम्बर ४१ को ज्योति नगर क्षेत्रका बस्ने सन्तोष गुप्ताका कान्छो भाइको विवाहलाई लिएर घरमा उत्सवको माहोल रहेको बताइएको छ। त्यसपछि जेठा भाइ सन्तोष गुप्ताले शरीरमा पेट्रोल छर्केर आगो लगाए। त्यसपछि परिवारका सदस्यले हतार हतार सन्तोषलाई सिलगढी जिल्ला अस्पताल लगे। उनको अवस्था बिग्रिएपछि सन्तोषलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा रेफर गरिएको थियो, जहाँ उपचारका क्रममा सन्तोषको मृत्यु भएको थियो। जसका कारण खुशी शोकमा परिणत भएको छ। सन्तोष सामान्य मानिसभन्दा निकै फरक रहेको परिवारले जनाएको छ। कसैलाई थाहा थिएन उसले के गर्यो र के सोच्यो। यस्तो कदम चाल्ने परिवारले सपनामा पनि सोचेका थिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement