टिस्टा बाड़ले मृत्यु भएकाहरुको आत्माशान्तिको निम्ति गोलीटारमा लामाहरुद्वारा विशाल हवन आयोजित

IMG-20231128-WA0212.jpg

सिङ्ताम: ४ अक्टोबरको टिस्टा नदीको बाड़को चपेटमा परेर गोलीटारमा मृत्यु भएका मानिसहरुका आत्मा शान्तिको निम्ति पश्चिम सिक्किम, श्रीबदाम फिन्सोक छोलिङ गुम्पाको सहयोगमा दक्षिण सिक्किमको रालाङ पाल्चेन छोलिङ गुम्पाको आयोजनमा आज गोलीटारमा विशाल जेनसिक (हवन) पूजा सम्पन्न गरियो। गोलीटारको गोलीटार गाउँ सुधार समितिले पनि धेरै सहयोग पुराएका यस हवन आध्यात्मिक कार्यक्रममा पाल्चेन छोलिङ हुम्पाका वेन. टुल्कु गेङछी रिम्पोछे, वेन. डुपेन तेन्जिङ गुर्मी रिम्पोछे एंव लामाहरु अनि पिनसोक छोलिङ गुम्पाका वेन. टुल्कु थेचोक रिम्पुछे र लामाहरु जो ३ वर्ष गुफा बसिसकेका कूल 80 जना लामाहरुले सहभागिता जनाएका थिए। बाड़ले गोलीटारमा मृत्यु भएका व्यक्तिहरुमा डी. के. विश्वकर्मा (७६), नर बहादुर गुरुङ (६०), सुनिता गुरुङ (५३), मिना गुरुङ (२०), इभन दर्जी (१०), बुधे आदिबासी (३७), मण्डल पण्डित (३७), राम कुमार शर्मा (३९), रुबी देवी शर्मा (३४) र भूषण शर्मा (११ महिना) हुन् भने धेरै वर्षअघिदेखि लापत्ता भएका सन्तोष सुब्बाको आत्मा शान्तिको निम्ति पनि हवन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement