डा. जस योञ्जन प्यासीलाई छिन्नलता गीतकार पुरस्कार प्रदान गरिने

IMG-20220519-WA0140.jpg

खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव गीतकार डा जस योञ्जन प्यासीलाई छिनलता गीत पुरस्कार प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ। छिन्नलता गीत पुरस्कार गुठीको अध्यक्ष प्राध्यापक डा बासुदेव त्रिपाठीको सभापतित्वमा बसेको गुठीको साधारण सभाले वर्ष २०७६, २०७७ र २०७८ सालको पुरस्कारहरूको नामको घोषणा गरिएको छ। उक्त पुरस्कारहरूमा डा जस योञ्जन प्यासीलाई गीतकारको रुपमा छिन्नलता गीतकार पुरस्कार २०७६ प्रदान गरिने भएको छ। उनीसितै २०७६ को संगीतकार पुरस्कारमा हरि लम्साल, गायनमा सुनिता सुब्बा चयन भएका छन्। त्यसरी २०७७ छिन्नलता पुरस्कारको लागि गीतकारमा आनन्द अधिकारी, संगीतकारमा शान्तिराम राई र गायनमा शम्भु राई अनि २०७८ मा गीतकार बसन्त चौधरी, संगीतकार आनन्द राई र गायनमा पवित्र सुब्बालाई प्रदान गरिने भएको छ। ती सबै पुरस्कारहरू आगामी १० जुलाई २०२२ को दिन छिन्नलता पुरस्कार गुठीको संस्थापिका तथा गीतकार रमोलादेवी शाह छिन्नलताको जन्म दिनको दिन प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *