पोख्रेबुङ: विद्यार्थी भनेको परिवार समाज एवं एउटा सबल देश निर्माणका कर्णधारहरु हुन|विध्यार्थी प्रत्येक क्षेत्रमा सक्षम बन्नु आजको आवश्यकता हो र हामी चाहन्छौं उनीहरु हर क्षेत्रमा सबल बनेर सहि दिशा निर्धारण गर्न सक्षम बनोस|उक्त आशयको विचार साझा गर्दै पोख्रेबुङ बजार सार्वजनिक भवनमा एटिआरइई गान्तोक सिक्किमले आयोजना गरेको अन्तर विध्यालय हाजिरी जवाब प्रतियोगितामा पोख्रेबुङको प्रतिष्ठित सेक्रेट हार्ट आइसीएसई स्कुल विजयी बनेको छ|पोख्रेबुङ राङभाङ भेल्ली क्षेत्रको १२ वटा शैक्षिक केन्द्रका विध्यार्थीहरुमाझ सम्पन्न प्रतियोगितामा सोधिएको प्रत्येक प्रश्नको उत्तर दिएर सेक्रेट हार्ट स्कुलका विध्यार्थीहरुले जीत दर्ता गर्न साथै विनर ट्रफी आफ्नो झोलीमा पार्न सफल बन्यो|शिक्षा, खेलकुद, संगीतकला तथा विविध क्षेत्रमा अहिलेसम्म खर्रो उत्रिएका तथा यस शैक्षिक केन्द्रमा अध्यन गरिरहेका विद्यार्थीहरुको बौद्धिक निपुणतासंग पौठेजोरी खेल्न भने गाह्रो विषय बन्दै गएको प्रमाणहरु प्रशस्त रहेको छ|यसपाली केन्द्रले लगालगी दुइवटा उपलब्धि प्राप्त गरयो,जसमा यस वर्ष आयोजित आइसीएसई तहको परिक्षामा प्रथम दर्जाको गरिमा प्राप्त गरयो भने यसको लगत्तै हाजिरी जवाब प्रतियोगितामा विनर ट्रफी|जसको श्रेय केन्द्रका शिक्षक शिक्षिका एवं विध्यार्थीहरुको समर्पणलाई जाने बताउदै निर्देशक विनोद राईले यो उपलब्धि विद्यालयको इतिहासमा स्वर्ण अक्षर बनेर रहने बताएका छन्|