सिक्किम राज्यपालले तीन गाड़ी सब्जी लाचेन पठायो

n56057587217011858650263bcac9d1cfde59242420611f04fcf0c995634b465a71f8ef2a89d6985eec5da3.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सोमवार राजभवनबाट लाचेनको निम्ति सब्जीहरूले भरिएको तीनवटा वाहनलाई हरियो झण्डा देखाएर प्रस्थान गराएका थिए। दुर्गम सडक, हिउॅं, पानी, पैह्रो र सबै सम्भावित प्राकृतिक बाधाहरूबिच राजभवनबाट सब्जीहरू लिएर गएको उक्त वाहनहरू आज बिहान लगभग १०:३० बजी लाचेन पुग्यो।

उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

लाचेन पुलिस स्टेशनका सात पुलिसकर्मीसहित लाचेनमा २८० घरमा सब्जीहरू वितरण गरिएको छ। प्याकेटमा हरियो खुर्सानी र दूधका साथै मौसमी सब्जीहरू सामेल थियो, जसको कुल वजन १६ किलोग्राम थियो। लगभग चार टन सब्जी लाचेनका स्थानीय मानिसहरूमा वितरण गरिएको बताइएको छ।

उल्लेख्य, गत १२ नोभेम्बर, २०२३ तिहारको दिन राज्यपालले लाचेनको हवाई भ्रमण गर्दै प्रभावित क्षेत्र पुगेको थियो। बाढका कारण लाचेन दुवै दिशाबाट काटिएको थियो। यसावधि स्थानीय मानिसहरूसॅंग कुराकानी गर्दा हरियो खुर्सानी, दूध आदि को आवश्यकता महसूस गरिएको थियो।

राज्यपालले लाचेनका सबै परिवारहरूलाई हरियो खुर्सानीसहित मौसमी सब्जीहरू पठाउने इच्छा व्यक्त गरेपछि हिजो सब्जीहरूले भरिएको वाहन राजभवनबाट लाचेन पठाइएको थियो। सामग्रीहरू पिपन र स्थानीय पुलिसको मद्दतद्वारा वितरण गरियो। स्थानीय मानिसहरूले सहयोगको निम्ति राज्यपालप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement