गेजिङ: सिक्किम विधानसभाका उपाध्यक्ष एवं क्षेत्र विधायकले सौन्दर्यीकरण परियोजना पूरा भएपछि युक्सम बजारको नयॉं रूपको उद्घाटन गरे। सौन्दर्यीकरण परियोजना राज्य शहरी विकास विभागले अनुमोदन गरेको थियो।
उद्घाटन कार्यक्रममा राज्य औषधीय वनस्पति बोर्डका सल्लाहकार एनबी लिम्बू, पञ्चायत उपाध्यक्ष कारजङ भोटिया, पञ्चायत सदस्य सुनुहाङ लिम्बू, सहायक अभियन्ता प्रमोद दास तथा अन्यहरू पनि उपस्थित थिए।
क्षेत्र विधायक लेप्चाले परियोजना जनताप्रति समर्पित गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वका कारण यस्ता पूर्वाधारहरूको निर्माण भइरहेको बताए। उनले जनतालाई राज्य सरकारका विकास कार्यहरूलाई समर्थन जनाउन आह्वान पनि गरे।









