भागोप्रमो तीनधारे क्षेत्रका छवटा बुथ स्तरीय कमिटीहरू र भातृ संगठनहरू विघटन

IMG-20231128-WA0203.jpg

एक हप्ताभित्र नयाँ कमिटी गठन गरिने

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रमा रहेको छवटै बुथ स्तरीय कमिटीहरू विघटन गरिएको छ। यसको लागि मंगलबार तीनधारेमा भागोप्रमोको एक सांगठनिक सभा तीनधारे महानदी समष्टीको सभासद एंव भागोप्रमोको केन्द्रीय सदस्य नवराज छेत्रीको विशेष उपस्थितिमा अनि नारी शक्ति तीनधारे महानदी समष्टीको सचिव एंव घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा नै सभासद नवराज छेत्रीको परामर्श, पञ्चायत प्रधान, पार्टीको पदाधिकारीहरू र कार्यकर्ताहरूको सुझावमा घैयाबारी दुई ग्राम पञ्चायतभित्र पर्ने भागोप्रमो पार्टीको छवटा बुथ स्तरीय कमिटीहरू र भातृ संगठनको कमिटीहरू पनि विघटन गरिएको छ। ती छवटा बुथ कमिटीहरू क्रमैले नम्बर २४४ बुथ रंगटङ्ग – चुनभट्टी, बुथ नम्बर २४५ मिठाईडाँड़ा, १७ माईल र गैरी गाउँ, बुथ नम्बर २४६ तीनधारे चियाबारी, बुथ नम्बर २४७ शंकर निवास र गोलाई, बुथ नम्बर २४८ तीनधारे बजार, होटल गैरी, स्कूल डाँड़ा, २४९ तीनधारे राजबारी र रामगढ़ आदि सामेल छन्। उक्त विघटन गरिएको भागोप्रमोको सबै बुथ स्तरीय कमिटीहरू आगामी एक सप्ताहभित्रमा नयाँ गरी गठन गरिने निर्णय गरिएको जानकारी प्राप्त भएको छ। सभामा सभासद नवराज छेत्री, पञ्चायत प्रधान भगवती प्रधान, समष्टीको सह सचिवद्वय रबि सुब्बा र कर्म मोक्तान, युवा शक्ति तीनधारे महानदी समष्टीको सचिव सञ्जीव मंगर, युवराज प्रधान आदिले वक्तव्य राखेका थिए भने छवटै बुथका प्रतिनिधिहरूले पनि सभामा सुझावहरू राखेका थिए। सभामा पार्टीको विभिन्न सांगठनिक गतिविधिहरू विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement