तृणमूल युवा कंग्रेसको पक्षबाट सरसफाई अभियान

25d5477a-a53e-40a6-a155-1963f76a61f4

कालचिनीः क्षेत्रमा डेङ्गु ज्वरो र अन्य रोगहरू रोकथाम गर्न मंगलबार कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको पक्षबाट कालचिनी मोदी लाईनमा व्यापक सरसफाई सम्पन्न गरियो। डेङ्गु ज्वरो र मलेरियाको बढ़दो मामिलालाई मध्यनजर गर्दै डीडीटी छिड़काव साथै सचेतना गरिएको कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको सभापति पवन योल्मोले जनाएका छन्।
यस अवसरमा समाजसेवी शरण लामा लगायत कालचिनी अन्चल तृणमूल युवा कंग्रेसको सभापति अमित सापकोटा, अन्चल चेयरम्यान अतिश छेत्री, एवम् युवा कंग्रेसको कार्यकर्ताहरूको सहभागितामा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement