नयाँ दिल्ली: राष्ट्रपति पदको चुनावमा एनडीएको उम्मेदवार द्रौपदी मुर्मु विजय भएकी छिन्। उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरिन्। मुर्मु झारखण्डका राज्यपाल भइसकेकी हुन्। उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन्।
को हुन् द्रौपदी मुर्मु?
२०१५-२०२१ सम्म झारखण्डका राज्यपाल रहेकी द्रौपदी मुर्मुको जन्म २० जून १९५८ मा ओडिसामा भएको हो।उनीहरू आदिवासी जनजाति समूह, संथालका हुन्। आफ्नो गृह जिल्लाबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि द्रौपदी मुर्मुले भुवनेश्वरको रमादेवी महिला विद्यालयबाट स्नातक गरेकी हुन्। पढाइ सकेपछि शिक्षकका रूपमा करियर शुरु गरिन् र केही समय यही क्षेत्रमा काम गरिन्।
द्रौपदी मुर्मुले सन् १९७९ देखि १९८३ सम्म सिँचाइ तथा विद्युत विभागमा कनिष्ठ सहायकको रुपमा पनि काम गरिसकेकी छिन्। सन् १९९४ देखि १९९७ सम्म उनले श्री अरविन्दो एकीकृत शिक्षा केन्द्र, रे रायरङपुरमा मानार्थ सहायक शिक्षकको रूपमा पनि सेवा गरिन्। एक समय थियो जब द्रौपदी मुर्मुको अगाडि दुःखको पहाड खसेको थियोl सन् २००९ मा द्रौपदी मुर्मुलाई सबैभन्दा ठूलो धक्का लागेको थियो। उनको जेठो छोराको सडक दुर्घटनामा मृत्यु भएको थियो, त्यो बेला उनको छोरा २५ वर्षको मात्र थियो। यो आघात सहन उनलाई निकै गाह्रो भयो। यसपछि सन् २०१३ मा उनको दोस्रो छोराको पनि मृत्यु भयो भने २०१४ मा उनको पतिको पनि मृत्यु भयो। यस्तो अवस्थामा मुर्मुलाई आफूलाई सम्हाल्न निकै गाह्रो भयो। तर, उनलाई चिन्नेहरुले हरेक चुनौतीसँग जुझ्नसक्ने बताउँछन्। त्यसैगरी, उनले आफ्नो कठिन समयलाई पनि पार गरे। ध्यान गर्न थालिन्। सन् २००९ देखि उनले विभिन्न ध्यान विधि अपनाए। उनी माउन्ट आबुस्थित ब्रह्माकुमारी संस्थानमा जाने क्रम जारी राखिन्।

राष्ट्रपति पदका लागि द्रौपदी मुर्मुको नाम घोषणा हुँदा राजनीतिक विज्ञहरूले उनलाई उम्मेदवार बनाएर भाजपाले ठूलो बाजी खेलेको बताएका थिए। भाजपाले एउटा तीरले दुई निशानामा हानेको छ। भाजपा आदिवासीहरूमा केन्द्रित छ। किनभने आउँदो दिनमा पाँच राज्यमा विधानसभाको चुनाव हुन लागेको छ। केही महिनामा गुजरात, मध्य प्रदेश र छत्तीसगढमा चुनाव हुन लागेको छ। यी राज्यहरूमा आदिवासीहरूको उल्लेखनीय संख्या छ। त्यसैले पार्टीको योजनाका लागि आदिवासी मतदाता धेरै महत्त्वपूर्ण छन्।