सेना र बीआरओले सबै बेली ब्रिज पूरा गरे

IMG-20231128-WA0214.jpg

गान्तोक: त्रिशक्ति कोर्प्सको भारतीय सेनाले बीआरओको सहयोगमा जिमाको जिमा चु माथिको महत्त्वपूर्ण बेली पुल सम्पन्न गरेको छ। यसले अन्ततः ३ अक्टोबर २०२३ को रातिदेखि विच्छिन्न बनेको उत्तर दिशा तर्फबाट सम्पूर्ण लाचेनलाई जोडेको छ। यो पुलले अब सवारी साधनको निर्बाध आवत-जावत र महत्त्वपूर्ण शहर लाचेनमा राहत सामग्री पुर्याउनको लागि मार्ग प्रशस्त गर्नेछ।

जीएलओएफको पहिलो प्रभाव झेल्नुपरेको जिमा चुमाथि १०० फिटको बेली ब्रिज निर्माण भएको छ। चौबीसै घण्टा काम गर्दै बीआरओले शुरुमा अबुटमेन्ट निर्माण गर्यो र त्यसपछि त्रिशक्ति सेपर्सले करिब तीन दिन लगाएर पुल निर्माण गर्यो।

यस पुल निर्माण अभियानका लागि त्रिशक्ति कोर्प्स र बीआरओका अभियन्ता सैनिकहरूका साथसाथै धेरै भारी अर्थ मुभिङ प्लान्टहरूलाई खटाइएको थियो। भारतीय सेनाले राष्ट्र निर्माणमा प्रतिबद्ध रहेको र सधैँ देशका जनताको साथमा रहेको प्रमाणित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement