नयाँ दिल्ली: सुप्रीम कोर्टले मणिपुर हिंसा पश्चात विभिन्न अस्पतालहरूमा रहेका १७५ शवहरूको अन्तिम संस्कार गर्ने आदेश दिएको छ। कोर्टले भन्यो, जुन शवहरूमाथि परिवारले दाबी गरेका छन् तिनीहरूको अन्तिम संस्कार आगामी ४ दिसम्बरसम्ममा गरिसकिनेछ।
सुनवाई अवधि सुप्रीम कोर्टले अन्तिम संस्कारको प्रतीक्षामा मणिपुरका मुर्दाघरहरूमा रहेका १७५ शवहरूलाई लिएर चिन्ता व्यक्त गऱ्यो। कोर्टले भन्यो, राज्यको अवस्थालाई मध्यनजर गर्दै मुर्दाघरहरूमा शवहरू त्यतिकै राखिनु ठीक होइन। यसको माध्यमबाट यहाँको परिवेशलाई खलबलाउने प्रयास भइरहेको छ। कोर्टले निर्देश दियो, जुन ८१ शवहरूको पहिचान भएको छ जसमाथि उनीहरूका परिवारले दाबी गरेका छन्, ती शवहरूहरूको परिवारले सरकारद्वारा चिन्हित ९ स्थानहरूमा अन्तिम संस्कार गर्न सक्नेछ।
कोर्टले आदेश दिएको छ, आगामी 4 दिसम्बरसम्ममा यो कार्य पूरा हुनुपर्छ। जुन ८८ शवहरूको पहिचान भएपछि पनि त्यसमाथि परिवारले दाबी गरेको छैन, त्यसको लागि सरकारले आगामी ४ दिसम्बरसम्ममा परिवारलाई फेरि सूचित गरोस्। परिवारले एक हप्तासम्ममा पनि शवलाई लिएन भने सरकारले त्यसको अन्तिम संस्कार गर्न सक्नेछ।
कोर्टले भन्यो, जुन ६ शवहरूको पहिचान हुन सकेको छैन त्यसको पनि सरकारले अन्तिम संस्कार गर्नसक्नेछ। कोर्टले निर्देश दियो, शवहरूको अन्तिम संस्कार गर्नपूर्व डीएनए नमूना लिइयोस्। कोर्टले राज्यका कलेक्टर अनि एसपीलाई शवहरूको अन्तिम संस्कार गरिमापूर्ण ढङ्गमा गर्ने निर्देश पनि दिएको छ। अन्तिम संस्कार अवधि कानून-व्यवस्था खलबलिने जस्तो स्थिति उत्पन्न हुन नदिने निर्देश पनि राज्य सरकारलाई दिइएको छ।










