जलपाइगढ़ीः क्षेत्रमा दिउँसै चितुवा देखेपछि गाउँलेहरू आतङ्कित भएका छन्। घटना मंगलवार बिहान जिल्लाको मटेली ब्लकको अपर चालसा रेलवे स्टेशन नजिक क्षेत्रको हो।
स्थानीय सूत्रहरू अनुसार, स्थानीय निवासी नरबहादुर प्रधानको घर नजिक काम चलिरहेको थियो। तब एक कर्मीले झाड़ीमा चितुवा देख्यो। चितुवाले व्यक्तिमाथि हमला गर्ने प्रयास पनि गऱ्यो तर हातमा खुकुरी लिएर चिच्याएको कारण चितुवा भाग्यो।
चितुवा देखेको खबर फैलिनसाथ गाउँलेहरू डराए। यसपछि चालसा रेञ्ज र खुनिया स्क्वाडका वनकर्मीहरूलाई सूचना दिइयो। यसपछि खुनिया स्क्वाडका वनकर्मीहरूले घटनास्थलमा पुगेर क्षेत्रमा चितुवालाई खोजे तर उसको कुनै अत्तोपत्तो लागेन।










