कोलकाताः कोलकातामा बुधवार केन्द्रिय गृहमन्त्री अमित शाहको हुन गइरहेको भ्रमणलाई तृणमूल कांग्रेसले पटक्कै मन पराइरहेछैन। सत्तारूढ़ तृणमूलले भाजपाको एक मेगा ऱ्यालीमा सामेल हुनका लागि केनद्रिय गृहमन्त्री अमित शाहको कोलकाता आगमनको दिनलाई ”कालो दिवस” को रूपमा मनाउने फसेला गरेको छ। पार्टी सूत्रहरू अनुसार, बुधवार पश्चिम बंगालमा पार्टीका विधायक टीमका सदस्यहरूले कालो लुगामा सदनको शीतकालीन सत्रमा भाग लिनेछन्। यो ऱ्याली त्यही स्थानमा आय़ोजित भइरहेछ, जहाँ सत्तारूढ़ तृणमूलले हरेक साल २१ जुलाईमा आफ्नो शहीद दिवस समारोह आयोजित गर्दछ। यो ऱ्याली मनरेगा अन्तर्गत १०० दिवसीय नौकरी योजनाको कार्यान्वयनमा अनियमितताहरूको विरोधमा आयोजित भइरहेछ।
ऱ्यालीमा शाह बाहेक केन्द्रिय ग्रामीण विकास राज्य मन्त्री गिरिराज सिंह र राज्य मन्त्री निरन्जन ज्योति पनि सामेल हुने सम्भावना छ। राज्य विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले तृणमूलको प्रस्तावित कदमको खिल्ली उड़ाएका छन् औं भने, सदनभित्र कालो लुगा लगाउनु जस्तो विरोध प्रदर्शन निरर्थक हो किनभने सदनमा केन्द्र सरकारको कुनै प्रतिनिधि हुँदैन। बुधवार कालो दिवस मनाउन बाहेक तृणमूल कांग्रेसले मंगलवारदेखि लगातार तीन दिनसम्म दिउँसो 3 बजीदेखि साझँ ५ बजीसम्म दुई घण्टाको विरोध प्रदर्शन पनि गर्नेछ। यो ऱ्याली मनरेगा सहित धेरै केन्द्र प्रायोजित योजनाहरू अन्तर्गत पश्चिम बंगाललाई केन्द्रिय बाकीको भुकतान नगरेको विरोधमा हुनेछ।
-हिस










