पवन चामलिङद्वारा पश्चिम सिक्किमका विभिन्न ठाउँको भ्रमण

IMG-20231128-WA0182.jpg

गेजिङ: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आज पश्चिम सिक्किमको याङथाङ अनि गेजिङ बर्मेक समष्टिको एक दिवसीय सामाजिक भ्रमण गरेका छन्। भ्रमणको क्रममा सर्वप्रथम चामलिङ याङथाङ समष्टिको विकट गाउँ तासेथाङमा चलिरहेको विश्वशान्ति पूजामा सहभागी बने भने यस अवसरमा स्थानीय मानिसहरूसँग पनि भेट गरी भलाकुसारी गरेको पार्टी सूत्रले जानकारी दिएको छ। स्थानीय वृद्ध-वृद्धा तथा महिलाहरूले पार्टी अध्यक्ष चामलिङको भव्य स्वागत गर्दै आफ्नो गाउँमा उपस्थिति दिएकोमा चामलिङप्रति आभार प्रकट पनि गरेका थिए। अर्कोतिर आज नै चामलिङले याङथाङ समष्टिको दराप अनि चुम्बुङ तथा गेजिङ-बर्मेक समष्टिको ६ माइलमा दुखाईको कार्यमा सहभागिता जनाउँदै मृतक आत्माप्रति गहिरो शोक व्यक्त गरे अनि परिवारजनमा सहानुभूति प्रकट गरे। यसरी नै उनलाई रिम्बी स्कूल अघिल्तिर स्थानीय मानिसहरूले सडकमा उभिएर स्वागत तथा अभिनन्दन जनाएका थिए। आफ्नो भ्रमणको क्रममा एसडीएफ अध्यक्ष चामलिङ लामो समयदेखि बिमार रहेका पूर्व मन्त्री शेरबहादुर सुवेदीको स्वास्थ्य स्थिति बुझ्न सुवेदी निवास पनि पुगेका थिए। यस अवसरमा चामलिङले पार्टी तथा राज्यको स्थितिबारे कुराकानी गरे भने आफू र आफ्नो पार्टीको पक्षबाट सुवेदीको स्वास्थ्य लाभका कामना गरेका थिए। अर्कोतिर बोल्न नसक्ने अवस्थामा रहेका सुवेदीले कागज र पेनको माध्यमबाट आफ्ना कुराहरू पार्टी अध्यक्षसामु राखेको एसडीएफका एक नेताले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement