बीस रूपियाँ टुरिष्ट ट्याक्स

IMG-20231128-WA0180.jpg

दार्जिलिङ नगरपालिकालाई आर्थिक निर्भर होइन तर पैसा कमाउने माध्यम हो: फिन्जो वाङ्गेल गुरूङ

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डले कानुनलाई ताकमा राखेर टुरिष्ट ट्याक्स उठाउने काम गर्दैछ भनी हाम्रो पार्टी केन्द्रीय समिति सदस्य फिन्जो वाङ्गेल गुरूङले बताएका छन्। हाम्रो पार्टी केन्द्रीय सदस्य फिन्जो वाङगेल गुरूङले बताए अनुसार पश्चिम बंगालको नगरपालिकाहरूले टुरिष्ट ट्याक्स उठाउन सक्दैन। टुरिष्टहरू र गाडीहरूबाट फिस उर्फ शुल्क संग्रह गर्ने प्रवाधान छ। तर त्यसको निम्ति नगरपालिकाले आफ्नो पक्षबाट केही सेवाहरू प्रदान गरेको हुनपर्छ। सित्थैमा नगरपालिकाले टुरिष्टहरूबाट शुल्क उठाउने प्रवाधान नरहेको गुरूङले बताए। उनले भने, नगरपालिकाले टुरिष्ट शुल्क संग्रह गर्न अघि बोर्ड अफ् कमिशनर उर्फ बीओसीको बैठक डाक्नुपर्छ अनि बोर्डमा प्रस्ताव पारित गरेको हुनपर्छ। तर दार्जीलिङ नगरपालिकाले बीओसीको बैठक समेत बोलाएनन्। यहाँसम्म कि विपक्षीका निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिकाहरूलाई बेवास्ता गरेर प्रत्येक टुरिष्टबाट २० रूपियाँ टुरिष्ट ट्याक्स लिने घोषणा गरेको छ। पश्चिम बंगालको कुनै पनि नगरपालिकाले टुरिष्ट शुल्क उठाउन अघि बोर्ड अफ् कमिश्नर बैठक डाक्नुपर्छ अनि टुरिष्ट शुल्क कति संग्रह गर्ने भन्ने विषयमाथि बैठकमा निर्णय लिइन्छ। तर दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डले यस्तो केही नगरी पश्चिम बंगाल नगरपालिका एक्टलाई ताकमा राखेर प्रत्येक टुरिष्टहरूबाट २० रूपियाँ टुरिष्ट ट्याक्स संग्रह गर्ने घोषणा गरेको गुरूङले बताए। पश्चिम बंगाल नगरपालिका १९९३ को धारा ९४ ए अन्तर्गत टुरिष्टहरूबाट संग्रह गरिने शुल्क प्रति ब्यक्ति ३ रूपियाँ भन्दा माथि संग्रह गर्न सक्दैन तर दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डले २० रूपियाँ टुरिष्ट ट्याक्स उठाउने घोषणा गरेकोले स्पष्ट हुन्छ दार्जीलिङ नगरपालिकालाई आर्थिक रूपमा निर्भर बनाउनु होइन। तर पैसा कमाउने उद्देश्यले गरेको हो भन्ने प्रमाणित हुन्छ हाम्रो पार्टी केन्द्रीय समिति सदस्य फिन्जो वाङगेल गुरूङले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement