ममताले सिङ्गूरलाई समसान बनाइन्- शुभेन्दु अधिकारी

IMG-20230410-WA0169-11-300x172-9

संशोधित…हुगलीः जिल्लाको सिङ्गूमा एक जनसभालाई सम्बोधित गर्दै सोमवार साँझ राज्य विधानसभाका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले एक पल्ट फेरि ममता ब्यानर्जी र तृणमूल कांग्रेसमाथि जोडदार हमला गरेका छन्। उनले भऩे, सिंगूर र नन्दीग्रामको आन्दोलन अलग-अलग थियो। नन्दीग्रामको आन्दोलनलाई जनताको समर्थन प्राप्त थियो तर सिंगूरको आन्दोलनमा जनता साथ थिएन। ममताले आफ्नो अहम पूरा गर्न सिंगूरलाई समसान बनाइन्।

ममता-भतिजमाथि कटाक्ष गर्दै शुभेन्दुले भने, फुपूल मरुञ्जेलसम्म मुख्यमन्त्री बनिरहन चाँहन्छिन् जबकि भतिजको इच्छा पनि मुख्यमन्त्री बन्नु हो। दुवैबीच पैसा बाँड्नलाई लिएर विवाद चलिरहेछ। अधिकारीले एक पल्ट फेरि रिषड़ा हिंसा मामिलामा रिषड़ा नगर पालिकाका वाइस चेयरम्यान जाहिद हसन खान र आरामबागका सांसद अपरूपा पोद्दारका पति शाकिर अलीको नाम लिए औं भने, छिट्टै नै यिनीहरूको कर्मको हिसाब-किताब हुनेछ। अब रामनवमीमा कसैले ढुंगा फ्याँक्नेछैन। यसको व्यवस्था भईसकेको छ। अधिकारीले २९ नोभेम्बरमा कोलकातामा प्रस्तावित केन्द्रिय गृहमन्त्री अमित शाहको सभाको तयारीको क्रममा मानिसहरूलाई सम्बोधित गरिरहेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement