कोलकाताः बीरभूम जिल्ला निवासी एक छात्रले गुजरातको कोटामा आत्महत्या गरेको छ। उसले नीटको परीक्षाको तयारी गरिरहेको थियो। मृत छात्रको नाम फौरीद हुसैन (२०) बताइएको छ। सोमवार राति परिवारले उसले आत्महत्या गरेको खबर पायो।
प्राप्त जानकारी अनुसार, उसको शव उसको भाड़ाको घरमा फन्दाबाट झुण्डेको भेटियो तर कमराबाट कुनै सुसाइड नोट भेटिएको छैन। यहाँ कोचिङ संस्थानको छात्रद्वारा गरिएको २५औं आत्महत्याको मामिला हो। उसले लगभग एक वर्षदेखि कोटाको एक कोचिङ संस्थानमा मेडिकल प्रवेश परीक्षा (नीट) को तयारी गरिरहेको थियो र यस वर्ष जुलाई महिनादेखि वाउफ नगरमा भाड़ाको घरमा बसिरहेको थियो। यस घरमा कोचिङ संस्थानहरूका अन्य छात्रहरू पनि बस्छन्।
दादाबाड़ी पुलिस थानाका क्षेत्र निरीक्षक राजेश पाठकले भने, हुसैनलाई अन्तिम पल्ट सोमवार दिउँसो देखिएको थियो। जब छात्र आठ बजीसम्म आफ्नो कमराबाट बाहिर आएन तब उसका साथीहरूले उसलाई बोलाए तर उसले दैलो खोलेन। यसपछि घर मालिकलाई सूचना दिइयो जसले पुलिसलाई बोलाए। पुलिसले घटनास्थलमा पुगेर दैलो तोड़ेर हेर्दा युवकको शव फन्दामा झुण्डेको पाइयो। अभ्यर्थीको कमराबाट सुसाइड नोट फेला परेको छैन र अहिलेसम्म उसले यो कदम किन उठायो, योपनि स्पष्ट छैन। अभ्यर्थीका परिजनहरू पुगेपछि पोस्टमार्टम हुनेछ। उसको परिवारका सदस्य सोमवार राति नै कोटाको निम्ति हिँड़ेका छन्।
-हिस










