नियुक्ति भ्रष्टाचारको निम्ति प्रयोग भयो कोड वर्ड, राज्यका अझ् एक मन्त्रीको संलिप्तता उजागर

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पश्चिम बंगालको बहुचर्चित नगरपालिका नियुक्ति भ्रष्टाचार मामिलामा कोड वर्डको प्रयोग गरिएको छ। कलकत्ता हाईकोर्टको आदेशमा मामिलाको जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) ले बतायो, कोडलाई डिकोड गर्नसाथै राज्यका धेरै मन्त्रीहरूको नाम अघि आइरहेछ। एक पूर्व मन्त्री पनि यस मामिलामा आरोपित रहेका छन्, जसबारे एजेन्सीलाई थाहा लागेको छ। दुवैलाई नोटिस पठाउने तयारी चलिरहेछ।

एक मन्त्रीले आफै नगर पालिकाहरूमा नियुक्तिको निम्ति धेरै मानिसहरूको निम्ति सिफारिश गरेका थिए। मामिलाको एक आरोपितसित सोधपुछ गरी उसको बयान रेकर्ड गरिएको छ। अब दुवैलाई नोटिस पठाउने तयारी भइरहेछ। यसअघि यस मामिलामा केन्द्रिय एजेन्सीका अधिकारीहरूले मन्त्री फिराहद हकीम र रथिन घोषसित सोधपुछ गरेका थिए।

अब जुन दुई नयाँ मन्त्रीहरू र पूर्व मन्त्रीको नाम अघि आएको छ, यसबारे अहिले केन्द्रिय एजेन्सीले मीडियालाई नाम बताउन खारेज गरेका छन् तर उनीहरूको निम्ति नोटिस तयार भइरहेछ। एजेन्सीले बताएको छ कि यही हप्ता दुवैलाई बोलाएर सोधपुछ गरिनेछ या फेरि उनीहरूको ठेगानाहरूमा सीधा छापा पनि मार्न सकिन्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement