कोलकातामा पुलिस कियोस्क नजिक एक व्यक्तिको शव भेटियो

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः कोलकाताको श्यामबजारमा एक व्यक्तिको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। उसको शव ट्राफिक पुलिस कियोस्कको छेउ भेटिएको छ। पुलिसले शवलाई आफ्नो कब्जामा लिएको छ। मृतकको शरीरमा घाउँको निशान भेटिएको छ।

पुलिस अनुसार, व्यक्तिको टाउँकोको पछिल्लो हिस्सामा चोट लागेको छ। शवलाई पोस्टमार्टमको निम्ति आरजीकर अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण स्पष्ट हुनेछ। स्थानीय मानिसहरूको दाबी छ, मृत व्यक्ति क्षेत्रमा भान्सेको रूपमा काम गर्थ्यो। उसको मृत्यु कसरी भय़ो, यसमा को-को सामेल छ, यसलाई लिएर रहस्य बनेको छ।

मंगलवार बिहान स्थानीय मानिसहरूले उसको शव देखे। शव ट्राफिक पुलिसको कियोस्क सामू थियो। स्थानीय मानिसहरूले यसको सूचना पुलिसलाई दिए औं पुलिसले आएर शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement