खरसाङ: खरसाङको तीनधारे क्षेत्रमा दुर्लभ प्रजातिको सेतो मृग देखा परेको जानकारी प्राप्त भएको छ। तीनधारेको २० माइल क्षेत्रमा उक्त दुर्लभ प्रजातिको सेतो मृग देखा परेको बताइएको छ। उक्त दुर्लभ प्रजातिको सेतो मृग तीनधारेको बीय माइलस्थित शान्ता भवन क्षेत्रका स्थामीय निवासी नवीनम थापाले केही दिन अघि तीनधारे बीस माइल क्षेत्रमा उक्त सेतो मृगको फोटो खिँचेको बताइएको छ। उनी एकजना बर्ड वाचर रहेको र उनले नै उक्त सेतो मृग भेटेको जानकारी प्राप्त भएको छ। यो सेतो मृगको नाम अरबिनो बार्किङ डियर रहेको बताइएको छ। यो दुर्लभ प्रजातिको सेतो डियर खोजी निकाल्नमा तीनधारेको बीस माइल निवासी नवीनम थापा र रंगटङ निवासी पिटर बेगको मुख्य भूमिका रहेको र दुवैजना बर्ड वाचर हुनके साथै महानन्द ईको टुरिज्म एण्ड कञ्जरभेशन सोसाईटीको रिसर्च पर्सन रहेको जानकारी सोसाईटीको सह सचिव एंव बर्ड गाईड संजोक देवानले बताएका छन्। उनले बताए अनुसार सेतो मृग अत्यन्तै दुर्लभ प्रजातिको मृग हो र मानिसमा दुबे लागेर सेतो छाला भएको जस्तै मृगमा पनि यस्तै केही भएर सेतो भएको हुनसक्छ तर सबैमा होइन, कोही कोही मृग यस्तो हुनसक्छ भनी बताएका छन्। उनले यो दुर्लभ प्रजातिको मृग बार्किङ डियर नै हो भनी बताउँदै यस्तो दुर्लभ प्रजातिको मृगको संरक्षण गर्न आवश्यक छ किनभने यस्तो दुर्लभ प्रजातिको मृग अन्य स्थानतिर देखा परेको छैन भनी बताएका छन्। देवानले यस्तो दुर्लभ प्रजातिको पशु प्राणी र चराहरूको संरक्षण गर्न आवश्यक रहेकोले यो मिडियामा आएर मानिसहरूलाई सचेतना गराउन चाहेको बताएका छन्। उनले कुनै पनि क्षेत्रमा कुनै पनि प्रकारको नयाँ एंव दुर्लभ प्रजातिको पशु प्राणी तथा चराहरू देखिएको खण्डमा आफुहरू (महानन्द ईको टुरिज्म एण्ड कञ्जरभेशन सोसाईटीलाई) लाई सुचित गरिदिने आह्वान् पनि गरेका छन्। त्यसरी नै कुनै स्थानमा पशु प्राणी एंव चराहरू घाईते अवस्थामा देखिएको खण्डमा आफुहरूलाई सुचित गरिदिने निवेदन पनि गरेका छन्।










