सांसद राजु विष्टले शीतकालीन सत्र अघि नै गोर्खाहरूको मुद्दा विषयमा जानकारी दिनुपर्छ: अधिवक्ता बिरेन्द्र रसाईली

IMG-20231128-WA0177.jpg

दार्जिलिङ: सांसद राजु विष्टले संसदको शीतकालीन सत्र शुरू हुन अघि आधिकारिक रुपमा पत्रकार सम्मेलन गरेर चुनावको समय दिएको वचन अनि गोर्खाहरूको मुद्दाको अवस्था विषय विस्तृत जानकारी दिने अपिल गर्दै अधिवक्ता बिरेन्द्र रसाईलीले पत्र बुझाए छन्। उनले गोर्खाहरूको मुद्दाको अवस्था विषय जान्ने समस्त मतदाताहरूको अधिकार रहेको जनाउँदै पारदर्शी रुपमा सबै कुरा पत्रकार सम्मेलनमार्फत् जनसाधारण अघि राखिदिने सांसदलाई आग्रह समेत गरेका छन्। पत्र प्रदान गरेपछि आगामी ४ दिसम्बर अघि नै पत्रकार सम्मेलनको आयोजना गरिदिनु पर्ने अपिल गर्दै अधिवक्ता बिरेन्द्र रसाईलीले सांसद राजु विष्टको सिलगढीस्थित कार्यालय पुगेर पत्र सुम्पेका छन्। उनले भनेका छन् कि भाजपाको संकल्प पत्र हेरेर गोर्खाहरूले भोट दिएको हो र उक्त संकल्प पत्रमा उल्लेख गरिएको वाचाहरू के कस्तो भयो साथै सांसद राजु विष्टले साढे चार वर्षको अवधिमा गोर्खाहरूको मुद्दामाथि के कस्तो काम गरे र अहिले के गरिरहेका छन् ती सबै कुराहरू विषयमा ४ दिसम्बर अघि नै अफिसियल रूपमा पत्रकार सम्मेलन बोलाएर जानकारी गराईदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement