नक्सलबारीः नक्सलबारीको बुधकरण जोतदेखि नक्सलबारी कलेजसम्मको सडकको काममा गुणस्तरहीन सामाग्री प्रयोग भएको आरोप लगाउँदै भाजपा नेता तथा कार्यकर्ताले गाउँलेसँग विरोध प्रदर्शन गरेका थिए। आज नक्सलबारीको बुधकरण जोतमा सडक निर्माणको काम सुरु भएको बताइएको छ। एसजेडीएको पहलमा रु १ करोड ३२ हजारको लागतमा सडकको काम सुरु भएको हो। सडक निर्माणको काम गुणस्तरहीन भएको भन्दै आज गाउँले र भाजपा नेताहरूले विरोध गरेका छन्।
यस सम्बन्धमा भाजपा नेता साधना चक्रवर्तीले कम गुणस्तरको काम भइरहेको आरोप लगाए। सडकको काम अघि नै बोर्डमा निर्माण मिति लेखिएको थियो। धाँधली भएको आरोप लगाए। सडकको कामलाई लिएर बीडीओलाई लिखित उजुरी दिएको उनले बताए। अर्कोतर्फ नक्सलबारी ग्राम पञ्चायतका उपप्रमुख विश्वजित घोषले गुणस्तरहीन काम भएको आरोप निराधार भएको बताए। तर, गार्डवाल क्षतिग्रस्त छ, यो देख्न सकिन्छ। काम रोकिए कडा कारबाही गर्ने चेतावनी दिए।









