हिरणको छवटा सीङको साथमा दुई तस्कर पक्राउ

d1e13369-fafb-4e29-8f29-c4a5bb7b8825-1024x576.jpg

आमबाडी: आमबाडी रेन्जका वन कर्मीहरूले हिरणको छवटा सिङको साथमा दुईजना तस्करलाई पक्राउ गरेको छ। वन विभागले आरोपितहरूको नाम खुलासा गरेको छैन।

जानकारी अनुसार, आमबाडी रेन्जका रेन्जर आलमगीर हकको नेतृत्वमा गए राति गुप्त सूचनाको आधारमा सिलगढी संलग्न फाराबाडी नेपाली बस्ती क्षेत्रमा अभियान चलाएर मोटरसाइकल सवार दुई व्यक्तिलाई समात्यो। उनीहरूको ब्यागको तलासी लिॅंदा हिरणको छवटा सिङ भेटियो। हिरणको सिङ दुईदेखि अढाई फुट लामो छ।

दुवै तस्करलाई पक्राउ गरिएको छ भने उनीहरूको मोटरसाइकल पनि जफत गरिएको छ। घटनाबारे आमबाडीका रेञ्जर आलमगीर हकले भने, उनको टीमलाई हिरणको सिङको तस्करी भइरहेको गुप्त सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा उनी आफ्नो टीमसॅंग सिङ किन्न आएको नाटक गर्दै फाराबाडीको नेपाली बस्ती पुगे।

यस क्रममा दुई तस्करलाई हिरणको सिङसॅंगै पक्राउ गरियो। पक्रा परेका तस्करहरूको नाम गोप्य राखेर तस्करीमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजीमा जॉंचलाई अगाडि बढाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement