सामूहिक दुष्कर्मको आरोपमा तीन पक्राउ

IMG-20231128-WA0215.jpg

गान्तोक: रानीपूल पुलिस थानाद्वारा तीन व्यक्तिलाई सामूहिक दुष्कर्मको आरोपमा पक्राउ गरिएको छ। प्राप्त जानकारी अनुसार, एक २२ वर्षीया महिलालाई २५ नोभेम्बरको राति यी तीन व्यक्तिले सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। पक्राउ पर्ने तीन आरोपी दिलकुमार विश्वकर्मा, भुपाल विश्वकर्मा अनि सोनाम तामाङको रूपमा चिह्नित गरिएको छ। यी तीनमध्ये दिलकुमार विश्वकर्मा ट्याक्सी चालक हुन्। विशेष सूत्रमार्फत प्राप्त जानकारी अनुसार, पीड़िता सो राति स्थानीय एक क्लबमा प्री-ग्र्याजुएशनको उत्सव मनाइरहेको समयमा आरोपी ट्याक्सी चालक दिलकुमार विश्वकर्मा अनि अन्य दुईजना भुपाल विश्वकर्मा अनि सोनाम तामाङले उनलाई इच्छाविरुद्ध अदमपूल लगिएको बताइएको छ। सामूहिक दुष्कर्मका आरोपी तीनजनालाई पक्राउ गरिएपछि उनीहरूलाई रानीपूल पुलिसले भारतीय दण्ड संहिताको धारा ३७६डी, ३४१, ५०६ अनि ३४ अन्तर्गत मामिला दर्ता गरेर घटनाबारे जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement