मुख्यमन्त्री तामाङले गरे सिक्किम टुरिज्म प्रमोशनल राइडको उद्घाटन

n56045705817011647417815e93cec8e25a78f40d8ffce0aee661486596cbf4afecc2dd524f98a0704ed6e3.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सम्मान भवनमा मोटर टुरिजम – सिक्किम टुरिजम प्रमोशनल राइड, २०२३-२४ को उद्घाटन गरे। डर्टी एन्जलस मोटरसाइकल क्लबका राइडरहरू र पर्यटन र नागरिक उड्डयन विभागका अधिकारीहरू मोटर राइडरको माध्यमद्वारा सिक्किमको पर्यटनलाई बढावा दिन साथै हालै राज्यमा भएको प्रकृतिक प्रकोपलाई भूलेर राज्यको पर्यटनलाई पुनर्जीवित गर्ने उद्देश्यले उत्तरपूर्वी राइडर्स मीट र नागाल्याण्डको हर्नबिल फेस्टिभलमा प्रदर्शन सहभागिता जनाउने भएका छन्। मुख्यमन्त्रीले पर्यटन पुनरुत्थान गर्नको लागि उनीहरूको प्रयासको लागि कृतज्ञता व्यक्त गर्दै, उत्तर सिक्किम पुनर्निर्माण भइरहेको र राज्यका अन्य भागहरू पर्यटकहरूलाई स्वागत गर्न सरकार तयार रहेको बताए।

उनले सिक्किमलाई प्रमुख मोटर साइकल गन्तव्यको रूपमा स्थापित गर्ने र हालैको विपत्ति पछि पर्यटनमा आएको ह्वासलाई सम्बोधन गर्ने लक्ष्यलाई प्रकाश पार्दै सुरक्षित राइडको निम्ति शुभकामना व्यक्त गरे। डर्टी एन्जलस मोटरसाइकल क्लबले सिक्किममा पर्यटनलाई मात्र नभई ग्रामीण, साहसिक र पारिस्थितिक पर्यटनलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement