प्रधानमन्त्री मोदीले मुख्यमन्त्री धामीबाट सिलक्यारा राहत-बचाउ कार्य अनि श्रमिकहरूको बारेमा लिए जानकारी

1562dhami.jpg

देहरादून: प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार मुख्यमन्त्री पुष्कर सिंह धामीलाई फोन कल गरी उत्तरकाशीमा सिलक्यारा निर्माणाधिन सुरूङ्गमा फसेका श्रमिकहरूको राहत अऩि बचाउ कार्य बारे जानकारी लिए।

यस अवधि प्रधानमन्त्रीले मुख्यमन्त्री धामीसित आगामी रणनीतिमाथि पनि चर्चा गरे।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्री धामीबाट सुरूङ्गमा फसेका श्रमिकहरूको कुलशता बुझे। प्रधानमन्त्रीले ड्रिलिङ्गको सम्बन्धमा सम्पूर्ण जानकारी लिए। उनले भने, सिलक्यारा सुरूङ्गभित्र फसेका श्रमिकहरू सहित उनीहरूलाई बाहिर निकाल्नका लागि राहत-बचाउ कार्यमा जुटेका मानिसहरूको सुरक्षालाई विशेष ध्यान राखिनेछ। सुरूङ्गभित्र फसेका श्रमिकहरूका परिवारलाई कुनै प्रकारको समस्या नहोस्।

मुख्यमन्त्री धामीले प्रधानमन्त्रीलाई बताए, म्यान्युअली ड्रिलिङ्ग कार्य शुरू गरिएको छ। अहिलेसम्ममा ५२ मीटर पाइपलाई भित्र पसाइएको छ। यदि बचाउ कार्यमा कुनै ठूलो अड़चन आएन भने चाँड़ै नै सबै श्रमिकहरूलाई बाहिर निकालिनेछ। सुरूङ्गभित्र फसेका सबै श्रमिकहरूको स्वास्थ्य सकुशल छ। राहत अनि बचाउ कार्यमा जुटेका श्रमिक, इन्जीनियर औ विशेषज्ञ अधिकारीहरूले हरसम्भव प्रयास गरिरहेका छन्।

मुख्यमन्त्रीले बताए, सुरूङ्गभित्र फसेका सबै श्रमिकहरूलाई नियमित रूपले गुणस्तरीय भोजन पठाइँदैछ। सबै श्रमिकहरूको डाक्टर अनि मनोचिकित्सकहरूसित निरन्तर बातचित गराइँदैछ। साथै श्रमिकहरूको आफन्तसित पनि बातचित गराइँदैछ। उनले बताए, एसडीआरएफद्वारा स्थापित कम्युनिकेशन सेटअप अतिरिक्त बीएसएनएलले पनि टेलिफोनिक कम्युनिकेशन सेटअप स्थापना गरेक छ।

मुख्यमन्त्रीले बताए, फसेका श्रमिकहरूलाई निकाल्नका साथै अन्य सबै तयारीहरू पूरा गरिएको छ। घटनास्थलमा एसडीआरएफ, एनडीआरएफलाई तैनाथ गरिएको छ। डाक्टरहरूको टीम पनि घटनास्थलमै छ। सबै अधिकारीहरूलाई २४ घण्टै अलर्ट राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement