सिलगढी: अप्पर बागडोगरा ग्राम पञ्चायतअन्तर्गत बागडोगराको हाटखोला काली मन्दिरमा बिहानै चोरीको घटना बाहिरिएपछि पूरै क्षेत्रमा त्रासित भएको छ। घटनाको जानकारी नजिकैको बागडोगरा पुलिस स्टेशनलाई दिइएको थियो। बागडोग्रा थानाबाट पुलिस प्रशासन पुगेर पुर मन्दिरको निरीक्षण गरी अनुसन्धानमा सामेल भएको थियो। मंगलबार बिहान यो घटना सार्वजनिक भएको थियो, त्यसपछि मन्दिर समितिले यस घटनालाई गम्भीरताका साथ लिएको छ। यो घटनालाई लिएर उनीहरूले पूरै मन्दिरको निरीक्षण गरी मन्दिरमा भएको चोरीको विवरण लिएका थिए। एफआइआर मार्फत बागडोगरा थाना प्रशासनलाई बुझाएको छ। बन्द मन्दिरमा चोरीको घटना सुनेपछि यस घटनालाई लिएर इलाकामा आक्रोश छ। पुलिस प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएर कारबाही गर्नुपर्ने उनीहरुको भनाइ छ। जति सक्दो चाँडो यो चोरी गर्नेलाई अगाडि ल्याउनुपर्छ।










