भगवती मन्दिरको सिँढी निर्माण हेतु लटरीको फलाफल घोषणा

IMG-20231127-WA0242.jpg

गोरुबथान (निस): गोरुबथान आहले बस्ती कुण्डले छेउमा माता भगवतीको मन्दिर छ।प्रत्येक महिनाको पुर्णिमाको दिनमात्र यो मन्दिर खोलिने गरिन्छ। सो दिन टाडा टाडा बाट भक्तजन आफ्नो समस्या समाधानार्थ हेतु आउने गर्छन्।आफ्नो पालो कुरेर बस्छन्। आफ्नो पालो आएपछि मन्दिरको मूल पुजारी (माता)ले चामल छोएर भक्तजनको जोखाना खुट्याइदिने गर्छन्। जोखाना छुट्याई त्यसको समाधान पनि बताई दिने गर्छन्। भक्तजनहरु आफ्नो समस्या समाधान भएको बताउने गर्छन्। अझ चाखलाग्दो कुरो त के छ भने यस मन्दिरको मूल पुजारी (माता)ले यसरी बिरामीहरुलाई निको पारेको बदलामा कुनै दान स्विकार गर्नु हुन्न।मन्दिरमा अर्पण गरिएको सबै दानहरु सबै मन्दिरमा नै छोडिदिने गर्छन्। उनी ती सामानहरु आफु प्रयोग गदैनन्। यसोसले पनि उनमा शक्ति छ भनेर मानिसहरु विश्वास गर्ने गर्छन्। अरु बेला खेती किसान गरेर परिवार धान्ने गरेका छन्।सोही मन्दिरसम्म पुने बाटो भने जीर्ण अवस्थामा रहेको छ।सो बाटो निर्माण हेतु लटरी टिकट छपाइएको थियो जसको आज मन्दिर परिसरमा सबै भक्तजनको सम्मुख फलाफल घोषणा गरियो।यस लटरीमा प्रथम पुरस्कार रिना छेत्री (१८९७) मिसनहिलले प्राप्त गरेकी छिन्। दोस्रो पुरस्कार करुणा छेत्री (४६२०) माङजिङ, तेस्रो पुरस्कार कुन्दन प्रधान (४९१९) माल बस्तीले प्राप्त गरेको छ। यसै गरी सान्तवना पुरस्कार पुर्ण छेत्री (२१६८) सिमसारे, शिशिर तामाङ (२००७), सुनिता छेत्री (१९६०)ले प्राप्त गरेको छ। मन्दिर कमिटिको तर्फबाट सबै सबैलाई सहयोगको निम्ति धन्यबाद टक्रयाउँदै सिढी निर्माण साथै मन्दिर परिसर सुन्दरीकरणमा कसैले सहयोग गर्न चाहे स्वागत रहेको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *