गुरु नानक जयन्तीको अवसरमा सिलगढीको गुरुद्वारा आइपुगे मन्त्री निशिथ प्रमाणिक

Screenshot_20231127_223040_WhatsApp.jpg

सिलगढी: आज गुरु नानक जयन्ती हो। गुरु नानक देवको ५५४औँ जयन्ती विभिन्न स्थानहरूमा झैँ यता सिलगढीको गुरुद्वारामा पनि भव्य रूपमा मनाइयो। केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिक पनि आज गुरुद्वारा आइपुगेका थिए। आज बिहानैदेखि गुरुद्वारामा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। केन्द्रीय राज्य मन्त्री निशिथ प्रमाणिक प्रत्येक वर्ष गुरु नानक जयन्तीको अवसरमा सेभोक रोडस्थित गुरुद्वारा आउने गर्दछन्। यसै क्रममा आज तिनी सिलगढीको गुरुद्वारा आएका थिए। यस अवसरमा सिलगढीका विधायक शंकर घोष लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement