सिलगढी: मतिगढाको तुम्बाजोतस्थित भत्केको पुरानो समान राख्ने गोदाममा आगलागीको घटना घटेको छ। आज अपरान्ह ३ बजेर १०मिनटमा बेलडाङ्गी नजिक आगलागी हुँदा कालो धुवाँले सम्पूर्ण इलाका ढाकेको थियो। आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगो निभाउने कार्य शुरू गर्यो। यसपछि फेरि एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त गोदाममा भत्केको कम्प्युटरको यन्त्र, भत्केको टिभी लगायत अन्य अधिक मात्रामा प्लास्टिकको समानहरू राखेको थियो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन। गोदाम नजिक धेरै घरहरू रहेकोले स्थानीय मानिसहरू आतङ्कित बनेका थिए।









