विश्व एड्स दिवस भव्यरूपमा पालन गरिने

n5602792181701103739175e6e718bdc20335663aac087517b0cd8fb20206207929704aea497406041f0e15.jpg

गान्तोक: आगामी विश्व एड्स दिवस सिक्किम राज्य एड्स कण्ट्रोल सोसाइटीको अगुवाईमा विभिन्न सङ्गठनहरू मिलेर भव्यरूपमा मनाउने निर्णय गरिएको छ। पहिलोपल्ट विभिन्न क्षेत्रमा काम गर्दै आएका सङ्गठनहरू एउटै मञ्चमा एकत्रित भएर विश्व एड्स दिवस मनाउन लागिरहेको बताइएको छ।

युवाहरूलाई ड्रग्सको लतबाट जोगाउन निरन्तर काम गर्दै आएका एक सामाजिक कार्यकर्ता केसी निमाले आउॅंदो विश्व एड्स दिवसलाई ध्यानमा राखेर तीन दिवसीय कार्यक्रम निर्धारित गरिएको आज पत्रकार सम्मेलनमा जानकारी गराए। उनले आगामी २९ नोभेम्बरदेखि शुरू हुने कार्यक्रम एक दिवसम्बर, विश्व एड्स दिवसको अवसरमा विविध रंगारंग कार्यक्रमहरूको साथमा समापन गरिने बताए।

उनले वर्षेनी विश्व एड्स दिवस पालन गर्दै आइरहेको भए तापनि यसपालीको विशेषता भनेको विभिन्न क्षेत्रमा काम गर्दै आएका सङ्गठनहरू एउटै मञ्चमा आएर संयुक्तरूपमा सो दिवस पालन रहेको अवगत गराए। उनले यसरी विश्व एड्स दिवस पालन गर्नुको मुख्य उद्देश्य लेफ्टआउट कम्युनिटीहरूलाई हामी एकअर्काको निम्ति खड़ा छौ र समाजलाई हाम्रो पनि अस्तित्व छ भन्ने सन्देश दिन रहेको बताए।

उनले हामी अगाडि आउनै पर्ने रहेछ भन्ने आवश्यकता बोध भएर एउटै मञ्चमा एकत्रित भएको बताए। उनले २९ नोभेम्बरको दिन गार्ड्स ग्राउण्डमा फुटसल आयोजन गरिने बताए, जसमा सिक्किम सरकारका विभिन्न विभाग, विभिन्न शैक्षिक संस्थान, संघ-संस्था र एनजीओहरूले भाग लिने छन्।

यसैगरी, रेन्बो हिल्स वेलफेयर एसोसिएशनका प्रचार प्रमुख बिशाल राईले विश्व एड्स दिवसको अवसरमा एलजीबीटीक्युआई प्लस कम्युनिटीले प्राइक वक आयोजना गर्ने जानकारी गराए। प्राइड वकमा सिक्किम लगायत छिमेकी दार्जीलिङका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने उनले बताए। यसैगरी, एमजी मार्गका रंगारंग एवं मनोरञ्जनात्मक कार्यक्रमहरूका साथै स्टल र प्रदर्शनीहरूको पनि आयोजना गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *