इक्फाईले पालन गऱ्यो १६औं दीक्षान्त समारोह

IMG-20231127-WA0247.jpg

हामीले आफ्नो संस्कार भूल्नु हुँदैन्ः राज्यपाल लक्ष्मण प्रसाद

गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज इक्फाई विश्वविद्यालयले आफ्नो १६औं दीक्षान्त समारोह भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने शिक्षा मन्त्री केएन लेप्चा र सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती विशिष्ट अतिथिकोरूपमा उपस्थित थिए। यस अवसरमा विभिन्न विषयमा उतिर्ण हुने विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक साथै डिग्री प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपाल लक्ष्मण प्रसाद आचार्यले संस्कारविनाको शिक्षा सुगन्धविहिन फूल जस्तै रहेको बताए। यसर्थ विद्यार्थीहरूले शिक्षासँगै संस्कार पनि सिक्नु पर्ने उनले आग्रह गरे। सबैले सबैको भाषालाई सम्मान गर्नुपर्छ तर अर्काको भाषाको सम्मान गर्ने क्रममा आफ्नो भाषा विर्सन्न नहुने उनले थप बताए। सिक्किम राज्यमा अध्ययनको निम्ति सबै भन्दा राम्रो वातावरण रहेको कारण राज्य बाहिरका मानिसहरू यहाँ शैक्षिक संस्थान सञ्चालन गर्न इच्छुक रहेको मन्तव्य प्रकट गरे। वर्तमान सरकारले शिक्षासँगै पर्यावरण संरक्षणप्रति पनि ध्यान दिँदै आइरहेको बताउँदै राज्य सरकारद्वारा शुरू गरिएको मेरो रूख मेरो सन्तति हाल विश्वमा नै एक उदाहरण बनेको राज्यपालले अवगत गराए। सिक्किम जस्तो शान्ति राज्यमा सबैजना शिक्षाको क्षेत्रमा लगानी गर्न इच्छुक साथै आतुर रहेको उनको भनाइ थियो। उनले अध्ययन पश्चात समाज, राज्य राष्ट्रको निम्ति योगदान पुऱ्याउनु पर्ने विद्यार्थीहरूलाई सुझाउ दिए। विद्यार्थीहरू नै देशको भविष्य रहेको कारण देशलाई अघि बढाउनमा विद्यार्थीहरूको पनि अहंम भूमिका हुने गरेको राज्यपालले जानकारी गराए।

विद्यार्थीहरूले आत्मसम्मानको साथमा अध्ययन गर्नुपर्ने र अध्ययन पछि आमा बाबाको पनि हेरचाह गर्नुपर्ने आग्रह गरे। आमा बाबाले आफ्नो इच्छा मारेर छोरा छोरीहरूलाई पढाउने गर्दछन् भने पढाइसकेपछि आमा बाबुको हेरचाह गर्नुपर्ने छोरा छोरीको कर्तव्य हुने गरेको अवगत गराए। उनले थप जानकारी गराए अनुसार वर्तमान परिपेक्ष्यमा देशमा विश्वविद्यालयहरू एशियाभरिनै नै अघि रहेको पनि जानकारी गराए।

आजको यस कार्यक्रममा मन्त्री केएन लेप्चा र सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement