सिक्किम कल्याण आश्रमको वार्षिक साधारण सभा सम्पन्न

n560265578170109947829799f152b83d360090e32334bd8b91dc66c1c24fd2c8bbf1f68cb4c0eb0acc336f.jpg

गान्तोक: सिक्किम कल्याण आश्रमको वार्षिक साधारण सभा आइतवार सङ्गठनका अध्यक्ष एसडी लेप्चाको अध्यक्षतामा बस्यो। सभामा सिक्किम कल्याण आश्रमको नयॉं कार्यकारी समिति गठन गरिएको छ।

नयॉं समितिको अध्यक्ष छिरिङ टाशी शेर्पालाई चयन गरिएको छ। उक्त जानकारी आज जारी एउटा प्रेस विज्ञप्तिमा दिइएको छ।

नयॉं कार्यकारी समितिमा सोनाम डुप्देन लेप्चालाई संरक्षक चयन गरिएको छ। यसरी नै छुम्से भोटिया उपाध्यक्ष १ र नरेन्द्र कुमार तामाङ उपाध्यक्ष २ चयनित भएका छन् भने छुल्टिम भोटिया महासचिव चयनित भएका छन्। यस अतिरिक्त, छुसाङ दोर्जी लेप्चा संयुक्त सचिव १ र मुन्ना शर्मा संयुक्त सचिव २, राजीव मिमानी, सोनाम लेप्चा, पूर्णसिंह लिम्बू, लक्ष्मण तामाङ, ताकित लेप्चा र बन्दना लिम्बू कोषाध्यक्ष चयनित भएका छन्।

यसरी नै बुद्धिमाया तामाङलाई सङ्गठन सचिव र बीसी पेडिवाललाई तीन वर्षको निम्ति अडिटर चयनित गरिएको छ। यस अवसरमा अखिल भारतीय कल्याण आश्रमका शिक्षा प्रमुख पीवी राधाकृष्णन, क्षेत्रीय सङ्गठन सचिव बिरेन्द्र कुमार दुबे र क्षेत्रीय शिक्षा प्रमुख गोपाल कृष्णको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *