पदम्श्री तरूणदीप राई र किपु छिरिङ लेप्चा मानक उपाधिद्वारा सम्मानित

IMG-20230410-WA0169-11-300x172-8

गान्तोक: पद्मश्री तरूणदीप राई र सामाजिक कार्यकर्ता किपु छिरिङ लेप्चालाई इक्फाई विश्वविद्यालयले “मानक उपाधि” (डाक्टरेट डिग्री) द्वारा सम्मान जनाइयो।

तरूणदीप राईलाई विशेष गरेर खेलकूदको क्षेत्रमा उक्त उपाधि प्रदान गरिएको हो भने किपु छिरिङ लेप्चालाई सामाजिक कार्यकर्ताकोरूपमा सम्मान जनाइएको हो।

आज राजधानीस्थित चिन्तन भवनमा इक्फाई विश्वविद्यालयको १६औं दीक्षान्त समारोहको अवसरमा राज्यका राज्यपालको बाहुलीबाट उनीहरूद्वयलाई मानक उपाधिले सम्मान जनाइयो। यद्यपि दुवै व्यक्तित्व आजको कार्यक्रममा विशेष कारणले गर्दा अनुपस्थित थिए।

तरूणदीप राईकी धर्मपत्नी अञ्जनाले पतिको तर्फबाट उक्त सम्मान ग्रहण गरिन् भने किपु छिरिङ लेप्चाको परिवारका सदस्य उपाधि ग्रहण गर्नको निम्ति उपस्थिति रहेका थिए।

उल्लेखनीय छ, तरूणदीप राईले धनुकाँढ विद्यामा देशलाई प्रतिनिधित्व गर्दै ओलम्पिक खेलिसकेका छन् भने उनको योगदानको कदर गर्दै देशले उनलाई पद्मश्री पुरस्कारले सम्मान जनाइसकेको छ।

यसरी नै किपु छिरिङ लेप्चा एक सामाजिक कार्यकर्ता हुन्, भने उनले समाजको हितमा उल्लेखनीय योगदान पुऱ्याएकोले उनलाई भारत सरकारले विभिन्न पुरस्कारले सम्मानित गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement