डायमन्ड हार्बरमा अब अभिषेकलाई अब्बास सिद्दीकीले दिए चुनौती

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी जुन डायमन्ड हार्बर लोकसभा क्षेत्रबाट सांसद हुन्, त्यहाँ यस पाली लड़ाई रोमाञ्चक हुन गइरहेछ। इण्डियन सेकुलर फ्रन्ट (आइएसएफ) को एकमात्र विधायक नौशाद सिद्दीकीले यहाँबाट अभिषेक विरूद्ध चुनाउ लड्ने घोषणा अगावै गरेका छन्। अब उनका दाज्यू एवं फुरफुरा शरीफका पीरजादा अब्बास सिद्दीकीले पनि अभिषेकलाई चुनौती दिएका छन्। अब्बासले भने, हाम्रो पार्टीको उम्मेदवारले त्यहाँबाट चुनाउ लड्नेछ र जनताले जिताउनेछ।

अब्बासको एउटा भीडियो भाइरल भएको छ, जसमा अल्पसंख्यकहरूको भारी भीड़लाई सम्बोधित गर्दै यहाँबाट तपाईले हाम्रो उम्मेदवारलाई जिताउनेछ हो किन होइन ? भनेका छन् र भीड़ले पनि अवश्य जिताउने भऩिरहेछ। अब्बास भन्छन्, डायमन्ड हार्बरबाट आफ्नो सांसद भएपछि म प्रत्येक महिना यहाँ आउनेछु र सबैको समस्याहरू सुनेर समाधान गर्नेछु।

तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले उनको बयानमा प्रतिक्रिया दिँदै भने, नौशाद सिद्दीकीले अगावै डायमण्ड हार्बरबाट लड्ने घोषणा गरेका छन्। त्यसपछि अब्बासले अब आफ्नो छुट्टै उम्मेदवारको कुरा गरिरहेका छन्। दुवैमा ल़ड़ाई चलिरहेछ। यदि क्षमता छ भने स्वयं अब्बासले चुनाउ लड़ुन्। तृणमूलले उनलाई चार लाख भोटले पराजित गर्नेछ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *