कालीघाटका काकूको आवाजको नमूना रेकर्ड गर्ने प्रक्रिया शुरू

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः गत हप्ता कोलकाताको एक विशेष अदालतको आदेशपछि प्रवर्तन निदेशालय (ईडी) ले सोमवार पश्चिम बंगालमा स्कूलमा नौकरीको निम्ति नगदी मामिलाको मुख्य आरोपित सुजय कृष्ण भद्र उर्फ कालीघाटका काकूको आवाजको नमूनाको जाँचको निम्ति प्रक्रिया शुरू गरेको छ।

सूत्रहरू अनुसार, केन्द्रिय एजेन्सीका अधिकारीहरूले यसको निम्ति तीन विज्ञप्ती पठाएको छ। पहिलो विज्ञप्ती कोलकाताको दक्षिणी बाहिरी क्षेत्र जोकामा केन्द्रद्वारा संचालित ईएसआई अस्पतालको निम्ति छ, जसले २५ नोभेम्बरमा एक विशेष अदालतको आदेश अनुसार भद्रको चिकित्सा स्थितिको मूल्याङ्कन गर्नका लागि एक मेडिकल बोर्डको गठन गर्नुपर्नेछ। दोस्रो विज्ञप्ती दक्षिण कोलकातामा राज्य संचालित एसएसकेएम मेडिकल कलेज एवं अस्पतालको निम्ति छ, जहाँ अब भद्र भर्ती छन्।

विशेष अदालतले ईडीको यस दलीलपछि ईएसआई अस्पतालद्वारा एक मेडिकल बोर्डको गठन आदेश दियो कि भद्र आफ्नो बाइपास सर्जरी पूरा भएको एक महिनापछि पनि आफ्नो मनपर्ने अस्पतालमा भर्ती छन्, यसैले उनको चिकित्सीय स्थितिको मूल्याङ्कन गर्न केन्द्रिय अस्पतालमा एक अलग मेडिकल बोर्ड बनाइनेछ।

-हिस

About Author

Advertisement